Tuesday, 26 September 2017 04:57 pm, Nepal

बस दुर्घटनाका मृतकको शव आज उठाइँदै

मेचीकाली : 2015-03-08 17:02:19


पोखरा, २४ फागुन :

शुक्रबार कास्कीको सराङकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव आज उठाइने भएको छ । पृथ्वीराजमार्ग बस व्यवसायी समिति, पीडित पक्ष र प्रहरीको रोहबरमा गएराति भएको सहमतिअनुसार आज शव परीक्षण गरिने र त्यसपछि सेती नदीको किनारमा सामूहिक दाहसंस्कार गरिने भएको पीडित पक्षका तर्फबाट वार्तामा रहनुभएका प्रेमबहादुर जिसीले बताउनुभयो ।

 सहमतिअनुसार मृतक परिवारलाई बस व्यवसायी समितिले जनही रु एक लाख २५ हजार क्षतिपूर्ति दिने र घाइतेहरूको स्वदेश तथा विदेशको सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । कास्कीकोटबाट पोखरातर्फ आइरहेको ग१ख ४८४९ नंको बस सराङकोटको गोठादीमा दुर्घटना हुँदा छजनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए । दुर्घटनामा कास्कीकोटका २६ वर्षीय विवश तिमिल्सिना, ५० वर्षीय हरिबहादुर खत्री, ४० वर्षीया गोमा लुइँटेल, ५० वर्षीय लेखबहादुर ढकाल, ४५ वर्षीय तारा थापा र ५५ वर्षीया भिमा खत्रीको मृत्यु भएको थियो ।

    सख्त घाइते आठजनाको काठमाडौँमा र अरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु