Friday, 22 September 2017 05:35 pm, Nepal

अफगानिस्तान विश्वकपको समूह चरणबाटै बाहिरियो

मेचीकाली : 2015-03-08 10:55:38


अफगानिस्तान विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज न्युजिल्याण्डसँग पराजित भएपछि अफगानिस्तान एक खेलअघि नै विश्वकपबाट बाहिरिएको हो । आज न्युजिल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १ सय ८७ रनको झिनो लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । उसका लागि मार्टिन गुप्तिलले सर्वाधिक ५७ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ८६ रन बनाएको थियो । उसका लागि नाजीबुल्लाह जद्रानले सर्वाधिक ५६ रन बनाए भने समुल्लाह सेनवरीले ५४ रन बनाए । न्युजिल्याण्डका ड्यानियल भिट्टोरीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए । न्युजिल्याण्ड भने यसअघि नै विश्वकपको क्वाटरफाइनल प्रवेश गरिसकेको छ । विश्वकपको अर्को खेलमा श्रीलंका र अर्को आयोजक अष्ट्रेलियाबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु