Tuesday, 26 September 2017 11:16 am, Nepal

आयरल्याण्डको अर्को सनसनीपूर्ण जित

मेचीकाली : 2015-03-07 17:42:23


जिम्बाबे ५ रनले पराजित

आयरल्याण्डले जारी विश्वकप क्रिकेटमा दोस्रो पटक टेष्ट खेल्ने राष्ट्रमाथि जित हात पारेको छ । आज भएको रोमाञ्चक खेलमा जिम्बाबेलाई ५ रनले पराजित गर्दै आयरल्याण्डले अर्को सनसनीपूर्ण नतिजा निकालेको हो । जारी विश्वकपमा आयरल्याण्डले यसअघि अर्को टेष्ट राष्ट्र वेष्ट इण्डिजलाई पराजित गरेको छ । आजको खेलमा आयरल्याण्डले दिएको ३ सय ३२ रनको चुनौती पछ्याएको जिम्बाबे ४९ दशमलव ३ ओभरमा २ सय २६ रन बनाउँदा अलआउट भयो ।

उसका लागि ब्रेन्डन टेलरले १ सय २१ तथा सेन विलियसम्सले ९६ रन बनाए पनि अन्तिम ओभरमा नाटकीय रुपमा विकेट गुमाएपछि जित हात पार्न सकेन । यसअघि विश्वकपमा आफ्नो सबैभन्दा ठूलो स्कोर बनाउने क्रममा आयरल्याण्डले इद जोएसको १ सय २६ रनको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो । आजको जितपछि आयरल्याण्डको क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो भएको छ भने जिम्बाबे समूह चरणबाटै बाहिरिएको छ ।

यसअघि आज भएको अर्को खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै पाकिस्तानले विश्वकप क्रिकेटको क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । आज भएको आफ्नो पाँचौं खेलमा डकवर्थ लेविस नियमअनुसार पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले पराजित गरेको हो । बर्षाले बाधक बनेको खेलमा ४७ ओभरमा २ सय ३२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका ३३ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय २ रनमा समेटियो । दक्षिण अफ्रिकाका लागि एबि डिभिलियर्सले सर्वाधिक ७७ रन बनाए । यसअघि पाकिस्तानले ४६ दशमलव ४ ओभरमा अलआउट हुँदै  २ सय २२ रन बनाएको थियो । आजको खेलपछि पाकिस्तान अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु