Tuesday, 26 September 2017 04:56 pm, Nepal

बोक्सी भन्दै मानवमुत्र खुवाउनेलाई धरौटीमा छाड्न आदेश

मेचीकाली : 2015-03-07 08:47:30


काभ्रे, २३ फागुन :

अदालतले काभ्रेको पनौतीमा बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्दै मानवमुत्र खुवाउनेलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । कानुनमै बोक्सि आरोपमा कुटाई खानेले घाईते हुँदा क्षतपुर्ति पाउने ब्यवस्था नहुँदा जिल्ला अदालत काभ्रेले आरोपी दुई ब्यक्तिलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 पनौती नगरपालिका ४ चामखर्क स्थित १८ वर्षिय विसु तामाङ र उनकी श्रीमती १९ वर्षिया धनमाया तामाङले छिमेकी ४० वर्षिया कान्छीमाया तामाङलाई माघ १४ गते निर्घात कुटपिट पछि मानवमुत्र खुवाएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेका विसु र उनकी श्रीमती धनमायालाई १०÷१० हजार धरौटीमा छाड्ने आदेश जिल्ला अदालत काभ्रेले दिएको हो । ऐनमा बोक्सि आरोपमा कुटपिट गर्नेहरुलाई ६ महिना देखि ३ वर्ष सम्म कैद वा जरिवना र दुवै गर्न सक्ने ब्यवस्था छ ।

तर घाईतेलाई उपचारका लागि क्षतिपुर्ति भराउने कुनै ब्यवस्था नभएको भन्दै कान्छिमायाको उपचारका लागि कुनै आदेश भएन । ३० हजार अस्पतालमा र अन्य गरी ५० हजार जति खर्च भएको पीडित कान्छिमायाले जानकारी दिईन् । कुटपिटमा संलग्न भएका अन्य व्यक्तिलाई अदालतले वारेण्ट जारी गरेको छ । एसपी पुजा सिंहले फरारहरुको खोजी भईरहेको जानकारी दिएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु