Friday, 22 September 2017 05:38 pm, Nepal

वेष्ट इण्डिजलाई पराजित गर्दै भारत क्वाटरफाइनलमा

मेचीकाली : 2015-03-06 19:31:26


भारत विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गर्दै भारत अविजित यात्रासहित क्वाटरफाइनल प्रवेश गरेको हो । आजको पराजयपछि भने वेष्ट इण्डिजको क्वाटरफाइनल प्रवेशको सम्भावना निकै कमजोर भएको छ । अष्ट्रेलियाको पर्थमा भएको आजको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टइण्डिज ४४ दशमलव २ ओभरमा १८२ रन बनाउँदा सबै विकेट गुमायो ।
८५ रन जोड्दा ७ विकेट गुमाइसकेको वेष्टइण्डिजका कप्तान जेशन होल्डरले सम्हालिएर खेल्ने प्रयास गरेका थिए । आठौं विकेटका लाडि डरेन शामीसँग ३९ रनको साझेदारी गरेका उनले नवौं विकेटका लागि टेलरसँग ५१ रनको पारी खेले । उनी ५७ रनमा आउट भएका थिए । १ सय ८३ रनको लक्ष्य पाएको भारतले ३९ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । भारतका लागि कप्तान महेन्द्र सिहं धोनीले सर्वाधिक ४५ रन बनाए । यस्तै विराट कोहलीले ३३ तथा सुरेश रैनाले २२ रन बनाए । भारतले यसअघि दक्षिण अफ्रिका, युएई र पाकिस्तानलाई पराजित गरेको थियो वेष्ट इण्डिजले भने दक्षिण अफ्रिका र आयरल्याण्डसँग पराजय बेहोर्दा जिम्बाबे र पाकिस्तानलाई पराजित गरेको छ । यी देश सहभागी पोल बीबाट जिम्बाबे र युएई भने समूह चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु