Tuesday, 26 September 2017 04:56 pm, Nepal

कास्कीमा यात्रुबस दुर्घटना, ५ जनाको मृत्यु

मेचीकाली : 2015-03-06 14:56:43


 पोखरा, २२ फागुन : कास्कीको गुन्टेचौरबाट पोखरा आउदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कास्कीकोट काउलेका हरिबहादुर खत्री, गुन्टेचौरकी गोमा लुइँटेल, सराङकोट ३ का लेकबहादुर हमाल, सेदीकी तारा थापा र दीवस तिमल्सिनाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य ३९ जना घाईते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ । घाईतेको मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र सहारा अस्पतालमा उपचार भइरहेको छ । ग १ ख ४८४९ नम्बरको बस पोखरा सराङकोटको मगर गाउँमा सडकबाट २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु