Wednesday, 20 September 2017 06:38 pm, Nepal

बंगलादेशद्वारा स्कटल्याण्ड पराजित, क्वाटरफाइनल प्रवेशको सम्भावना कायमै

मेचीकाली : 2015-03-05 11:41:15


स्कटल्याण्डलाई पराजित गर्दै बंगलादेशले विश्वकप क्रिकेटको क्वाटरफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । आज भएको आफ्नो चौंथो खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै बंगलादेशले विश्वकपमा दोस्रो जित दर्ता ग¥यो । अष्ट्रेलियासँगको खेल बर्षाका कारण रद्ध भएपछि दबाबमा परेको बंगलादेश श्रीलंकासँग पराजित भएको थियो भने अफगानिस्तानलाई पराजित गरेको थियो । आज स्कटल्याण्डले दिएको ३ सय १९ रनको चुनौती पछ्याएको बंगलादेशले ४८ दशमलव १ ओभरमा ३ सय २२ रन बनायो ।
बंगलादेशका लागि तमिन इकवालले सर्वाधिक ९५ रनको योगदान दिए भने महमुदल्लाहले ६६ मुस्फिकर रहमानले ६२ रनबनाए भने शकिल अल हसन ५२ रन तथा सब्बिर रहमान ४२ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले काइल कोएटजरको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर ३१८ रन बनायो । यो विश्वकपमा एशोएट्स टीमले बनाएको दोस्रो ठूलो स्कोर हो । उसको सुरुवात भने रास्रो हुन सकेन । २५ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । तेस्रो विकेटका लागि माट मचानसँग ७८ रनको साझेदारी गरेका ओपनर काइलले चौथो विकेटका लागि प्रिस्टन ममसेनले १४१ रनको साझेदारी गर्दै स्कटल्याण्डको वारी सम्हालेका थिए । कोएटजरले १५६ रन बनाए । यस्तै ममसेनले ३९ र मचानले ३५ रन बनाए । बंगलादेशका तास्किन अहमदले तीन विकेट लिए भने नासिर हुसेनले २ विकेट लिएका थिए । जारी विश्वकपमा एउटा पनि खेल जित्न नसकेको स्कटल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु