Sunday, 24 September 2017 02:32 pm, Nepal

युवा विदेसिएसँगै रेमिट्यान्समा वृद्धि

रासस : 2015-03-04 17:25:10


सोलुुखुम्बु, २० फागुन :

जिल्लाका युवा वैदेशिक रोजगारको सिलसिलामा बढ्दो सङ्ख्यामा विदेशिएपछि रेमिट्यान्समा वृद्धि भइरहेको छ ।रोजगारको लागि भन्दै कयौँं युवा विदेशिएपछि मासिक रु ६ करोड ५० लाख भन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाको अभिलेख अनुसार मासिक रु ६ करोड ५० लाखदेखि रु सात करोडसम्म रेमिट्यान्स भित्रिने गरेको पाइएको छ ।जिल्लामा आइएमइ रेमिट्यान्सको काम गर्ने सल्लेरी शाखावाट मात्र दैनिक रु पाँच लाखको दरले रेमिट्यान्स भित्रिने गरेको आइएमइ सल्लेरीकी शाखा प्रबन्धक सीता भट्टराईले बताउनुभयो ।

बढी जसो दुबई, कतार र मलेसियाबाट पैसा आउने गरेको उहाँको भनाई छ । त्यस्तै रेमिट्यान्सको काम गर्दै आएका क्लीन इनर्जी डेभलपमेन्ट बैंक शाखा कार्यलय सल्लेरी, राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यलय सल्लेरी र सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिडेड शाखा कार्यलय सल्लेरीमा पनि दैनिक जसो रु चारदेखि रु पाँच लाखसम्म रेमिट्यान्स भित्रिने गरेको जनाइएको छ ।

जिल्लामा रेमिट्यान्सको काम गर्ने वित्तीय संस्थाको दैनिक अभिलेख अनुसार मासिक रु साँढे ६ करोडदेखि सात करोडसम्म रेमिट्यान्स जिल्लामा भित्रिने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु