Tuesday, 26 September 2017 11:11 am, Nepal

विश्वकप : पाकिस्तानको दोस्रो जित, युएई समूह चरणबाटै बाहिरियो

मेचीकाली : 2015-03-04 14:27:11


युएईलाई पराजित गर्दै पाकिस्तानले विश्वकप क्रिकेटको क्वाटरफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । आज भएको चौंथो खेलमा पाकिस्तानले युएईलाई १ सय २९ रनले पराजित ग¥यो । पाकिस्तानले दिएको ३ सय ४० रनको चुनौती पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय १० रनमा सीमित भयो । उसका लागि साइमन अन्वारले सर्वाधिक ६२ रनको योगदान दिए ।
 पाकिस्तानका शाहिद अफ्रिदी, वाहिव रियाज र सोलि खानले समान दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । पाकिस्तानका लागि अमहद शेहजादले सर्वाधिक ९३ रनको योगदान दिँदा हरिश सोलिले ७०, मिस्वाह उल हकले ६५ तथा सोहिम मक्सुदले ४५ रनको योगदान दिए । आजको पराजयसँगै युएई भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु