Sunday, 24 September 2017 12:29 pm, Nepal

पत्रकार बजगाईंलाई पितृशोक

मेचीकाली : 2015-03-03 18:01:11


काभ्रे, १९ फागुन :

प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा काभ्रेबाट प्रकाशित हुने नवक्षितिज साप्ताहिकका प्रधान सम्पादक नवराज बजगाईंलाई पितृशोक परेको छ । बजगाईंका पिता कोमलप्रसाद बजगाईंको ७६ बर्षको उमेरमा आज बिहान निधन भएको हो । उनको हाज बिहान काठमाडौं वौद्धस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकार नवराज बजगाईंका पिताको निधनप्रति सञ्चारसम्वद्ध विभिन्न संस्थाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी नेपाल काभ्रे, प्रेस युनियन काभ्रे तथा क्रान्तिकारी पत्रकार संघ काभ्रेले आज संयुक्त विज्ञप्ति जारी गर्दै मृतात्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । स्वर्गीय कोमलप्रसाद बजगाईंको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु