Tuesday, 26 September 2017 12:35 am, Nepal

माओवादीलाई सर्त नराखी वार्तामा आउन भट्टराईको आग्रह

मेचीकाली : 2015-03-03 14:20:44


झापा, १९ फागुन :

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एकीकृत नेकपा (माओवादी)लाई कुनै पनि सर्त नराखी वार्तामा आउन आग्रह गर्नुभएको छ । आज प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो – नेपाली काँग्रेस नेतृत्वको सरकार इतिहासकै कमजोर सरकार भयो । संविधान बनाउनकै लागि भए पनि हामीहरु कमजोर सरकारमा सहभागी हुनुपरेको छ ।

सचिव भट्टराईले एमाओवादीको हठका कारण माघ ८ मा संविधान आउन नसकेको बताउनुभयो । बा¥ह बु“दे सहमतिको बाटोबाट अघि बढ्नुपर्ने धारणा राख्दै उहाँले जेठ १५ भित्र संविधान बन्नुपर्छ भन्नुभयो । उहाँले सहमति हुन नसके प्रक्रियाबाटै संविधान निर्माण प्रक्रिया अघि बढाइने पनि प्रस्ट पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु