Tuesday, 26 September 2017 12:33 am, Nepal

काभ्रेमा बोक्सीको आरोपमा महिलामाथि कुटपीट गर्दै मानवमुत्र खुवाइयो

मेचीकाली : 2015-03-02 18:51:14


एक महिनापछि उजुरी दर्ता
काभ्रे, १८ फागुन :

बोक्सि आरोपमा काभ्रेको सदरमुकाम नजिकै नगरपालिकाभित्र एक महिलालाई मानव मुत्र खुवाएर निर्घात कुटपिट गरिएको खुलासा भएको छ । घटना एक महिनाअघि भएको भए पनि जिल्ला प्रहरी कार्यालयमा महिनादिन पछि उजुरी दर्ता भएपछिमात्रै सार्वजनिक भएको हो ।

पीडित महिला अस्पताल भर्ना भएर उपचार सकेर न्यायका लागि धाएको महिना दिन पछि प्रहरीले उनको उजुरी दर्ता गरी अनुसन्धान शुरु गरेको छ । गत माघ १४ गते राति पनौती नगरपालिका ४ चामखर्क स्थित १८ वर्षिय विसु तामाङ र उनकी श्रीमती १९ वर्षिया धनमाया तामाङले छिमेकी ४० वर्षिया कान्छीमाया तामाङलाई बोक्सीको आरोप लगाउँदै मानवमुत्र खुवाएका हुन् । घटनापछि पीडितकी छोरीले कुशादेवी प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयमा उजुरी नगरेपछि पीडित महिला गत शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आएकी थिइन् । जिल्ला प्रहरीले शुक्रबार नै उजुरी दर्ता गर्दै आरोपीहरुलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु