Saturday, 23 September 2017 05:58 am, Nepal

कांग्रेस एमालेका कारण मुलुक द्धन्द्धतिर अघि बढेको प्रचण्डको आरोप

मेचीकाली : 2015-03-02 17:37:18


संविधानसभाबाटै संविधान बन्ने दाबी
झापा, १८ फागुन :

एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे सम्झैता र अन्तरिम संबिधानको मर्म र भावना भन्दा बाहिर गएर काँग्रेस र एमालेले संबिधान जारी गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले सहमतिको पालना नगर्दा समस्या उत्पन्न भएको बताउँदै त्यसो गरे मुलुक फेरी द्वन्दमा जाने बताउनुभयो ।

मेची अञ्चल कै पहिलो मेडिकल कलेजका रुपमा झापाको बिर्तामोडमा निर्माण भएको बि एण्ड सि मेडिकल कलेज तथा टिचिङ अस्पतालको आज उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेक प्रचण्डले एमाले र काँग्रेससंग बहुमतको हतियार रहेको र त्यो हतियार माघ ५ गते प्रयोग गर्न खोजेका कारण संबिधान सभा भित्र द्वन्दको वातावरण सृजना भएको बताउनुभयो ।

कार्यक्रममा बाल्दै प्रचण्डले संघिय संरचनाको निर्माण गर्दा झापा मोरङ र सुनसरी कुुन संघिय प्रदेशमा पर्ने भन्नेमा एमाओबादी छलफल गर्न तयार रहेको बताउँदै आफुहरु संबिधान सभाबाटै संविधान बन्नु पर्ने अडानमा रहेकाले त्यसबाट पछि हट्ने कुरा झुटा आरोप मात्र भएको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिब योगेश भट्टराईले मुलुकले निषेधको होईन एकताको राजनिति खोजेको हुनाले सबैको धर्म संस्कृति र पहिचानको मुद्धालाई सम्बोधन गर्दै सहकार्यमा अगाडी आउन एमाओबादीका अध्यक्षलाई आग्रह गर्नुभयो । एमाले सचिब भट्टराईले राजनितिक दल र तीनका नेताका केहि स्वार्थ र मनमुटाबमा नफसी नेपाली जनतालाई चाँडो भन्दा चाँडो संबिधान दिनु पर्नेमा समेत जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु