Friday, 22 September 2017 05:37 pm, Nepal

विश्वकप क्रिकेट : इङ्ग्ल्याण्डमाथि श्रीलंकाको शानदार जीत

मेचीकाली : 2015-03-01 11:22:33


इङ्ग्ल्याण्डमाथि शानदार जित हात पार्दै श्रीलंकाले विश्वकप क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ । आज भएको आफ्नो चौंथो खेलमा श्रीलंकाले इङ्ग्ल्याण्डलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो । योसँगै उसको क्वाटरफाइनल प्रवेशको सम्भावना पनि प्रबल बनेको छ । आज इङ्ग्ल्याण्डले दिएको ३ सय १० रनको लक्ष्य पछ्याएको श्रीलंकाले लाहिरु थिरिमने र कुमार सांगाकाराको उत्कृष्ट प्रदर्शनको मद्दतमा मात्रै १ विकेट गुमाएर ४७ दशमलव २ ओभरमा ३ सय १२ रन बनायो ।

करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिरिमनेले १ सय ३९ रन बनाउँदा सांगाकाराले १ सय १७ रनको योगदान दिए । उनीहरुले २ सय १० रनको साझेदारी गरेका थिए । त्यसअघि पहिलो विकेटको रुपमा आउट भएका  तिलकरत्ने दिलशानले ४४ रन बनाए । यसअघि टस जितेर पहिले व्याटिङ रोजेको ईंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो । उसका लागि जोय रुटले सर्वाधिक १ सय २१ रनको योगदान दिए भने इयान बेलले ४९ रन बनाएका थिए । आजको पराजयपछि इङ्ग्ल्याण्ड पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ । यसअघि भएका तीन खेलमध्ये उसले एउटामा मात्रै जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु