Saturday, 23 September 2017 05:54 am, Nepal

होलीको नाममा लोला हान्नेलाई सार्वजनिक मुद्दा, दुई वर्षको कैद

रासस : 2015-03-01 10:43:13


भक्तपुर, १७ फागुन :

होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्नेलगायत कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ ।होली पर्वको नाममा जथाभाबी लोला हान्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनका लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको छ ।विगतमा बिस्केट जात्रा, गाईजात्राजस्ता चाडपर्वमा विकृति फैलाउन सहयोग पु¥याउने होली पर्वमा प्रहरीको विशेष निगरानीमा राखेको बताउँदै विकृति फैलने कुनै कार्य नगर्न प्रहरीले आग्रह गरेको छ ।

होलीको दिनमा समेत कसैको इच्छा विपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङ्गे दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने प्रहरीले जनाएको छ ।विगतमा यस्ता विकृतिका कारण लोला लागेको कानको जाली फुट्ने, घाइते हुने भएको र लोला हान्दा ज्यानै जान सक्ने भएकाले यस्ता कार्यमा संलग्न हुनेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले पनि कहीँ कतै होली पर्वका नाममा यस्ता गलत कार्य भएमा तुरन्त प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु