Sunday, 24 September 2017 02:33 pm, Nepal

काभ्रेमा बलात्कृत किशोरीको परिवार गाउँबाटै विस्थापित हुँदै

मेचीकाली : 2015-03-01 08:46:27


काभ्रे, १७ फागुन :

काभ्रेको पाँचखाल ६ मा बलात्कृत भएकी एक किशोरीको परिवार गाउँबाटै विस्थापित हुने भएको छ । पाँचखाल नगरपालिका ६ की युवती सदाका लागि गाउँ छाडेर विदेशीने तरखरमा रहेकी छन् भने उनको परिवार पनि घर छाडेर अन्यत्रै जाने तयारीमा रहेको छ । पीडित किशोरी पढाईका लागि भन्दै भारतको देहरादुन जाने तयारीमा रहेको पीडित परिवारले जनाएको छ ।

 यस्तै उनको परिवारका अन्य सदस्य घर जग्गा बिक्री गरेर अन्यत्र जाने तयारीमा रहेको बताइएको छ । छोरीलाई देहरादुन पठाउन उनका बाबु आमाले पाँचखालमा रहेको आधा रोपनी जग्गा र सोहि जग्गामा बनेको घर ९ लाख रुपैयाँमा विक्रीका लागि सुचना टाँस गरेका छन् । घर विक्री गरेर आएको रकमले छोरीलाई देहरादुनमा विज्ञान विषयको अध्ययन गराउने र आफुहरु दुई छोरा छोरीको साथमा चितवनको टाँडीमा जाने निधो भएको बताइएको छ । पीडित किशोरीलाई उनकै प्रेमी पाँचखाल ३ का आदित्य अधिकारीले बलात्कार गरेका थिए भने उनले साथीलाई समेत बलात्कारका लागि उक्साएका थिए । अधिकारी अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् । उनका साथी भने धरौटीमा छुटिसकेका छन् ।

स्रोतका अनुसार पीडित किशोरीले अदालतमा आफ्नो वयानसमेत पटक पटक फेरिरहेकी छन्  । पीडित किशोरीका अनुसार पारिवारीक निर्णय अनुसार पाँचखालमा बस्ने वातावरण नभएकाले घर विक्री गरी आएको रकमले प्लस टु तहमा विज्ञान अध्ययन गर्न देहरादुन जाने र बुबा आमा, भाई बहिनी चितवनमा रहेका बुबाका मामाहरुको जग्गामा गएर बस्ने योजना बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु