Tuesday, 26 September 2017 12:34 am, Nepal

विपक्षीको आन्दोलन दुखद् : ज्ञवाली

मेचीकाली : 2015-02-28 15:31:55


 पोखरा, १६ फागुन :

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान निर्माणका अन्तरवस्तुमा संवाद र सहमतिका लागि सत्तापक्षले विपक्षी दललाई रातो कार्पेट ओछ्याएर आह्वान गर्दागर्दै सडक आन्दोलनमा जानु दुःखद् भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सडक आन्दोलनबाटै सबै छिनोफानो गर्छु भन्ने एकीकृत नेकपा (माओवादी)को गञ्जागोल र अन्योलग्रस्त गन्तव्यले फेरि पुनः नेपाली जनता र मुलुकले दुःख पाउन लागेकामा चिन्ता व्यक्त गर्नुभयो ।

माघ ५ गते संविधान निर्माणको प्रक्रिया जुन बिन्दुमा पुगेको थियो त्यहीबाट वार्ता सुरु गर्न सत्तापक्ष तयार रहेको जानकारी दिँदै उहाँले प्रक्रिया सुरु भए पनि संवादको ढोका खुल्लै राखिएको विचार व्यक्त गर्नुभयो ।

एमाले नेता ज्ञवालीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते नयाँ संविधान घोषणा गर्ने तयारीमा सत्तापक्ष रहेकाले यो ऐतिहासिक अवसर गुम्न नदिन विपक्षीसँग आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसबाटै सरकारको नेतृत्वका बारेमा आलोचना भए पनि एमाले भने सरकारको विकल्प खोज्ने पक्षमा नरहेको चर्चा गर्दै उहाँले एमाले सरकार परिवर्तनमा नलागी दोस्रो संविधानसभालाई असफल हुन नदिने पक्षमा रहेको धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु