Sunday, 24 September 2017 12:19 pm, Nepal

कर्णालीमा हिमपात हुँदा जनजीवन प्रभावित, किसान भने खुशी

मेचीकाली : 2015-02-26 08:36:35


जुम्ला, १४ फागुन :

जुम्लालगायतका उच्च हिमाली जिल्लाहरुमा हिजो बेलुकादेखि फेरि हिमपातसँगै पानी पर्न सुरु भएको छ । हिमपातसँगै फेरि बढेको चिसोका कारण ती जिल्लाको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । हिमपातका कारण कर्णालीमा हवाई यातायात पनि अवरुद्ध भएको छ ।

अत्याधिक चिसोका कारण मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । पशुपंक्षी पनि चिसोका कारण प्रभावित भएका छन् । चिसोका कारण ५ वर्ष मुनिका बालबालिकालाई नियोनिया हुन सक्ने भएकोले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन चिकित्सकहरले सुझाव दिएका छन् । हिउँ परेपछि किसानहरु भने खुशी भएका छन् । यतिबेला परेको पानीसँगैको हिउँले गहुँ, जौ लगायतका अन्नबाली तथा स्याउ, ओखर लगायतका फलफूललाई राम्रो गर्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिउँदको समयमा सिंचाइको अभाव हुने भएकोले जुम्लासहितका हिमाली जिल्लामा हिउँले सिंचाइको काम गर्ने बिज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु