Sunday, 24 September 2017 02:35 pm, Nepal

अब एम्बुलेन्सको अभावमा मर्नुपर्दैन काभ्रेको एक दर्जन गाविसका स्थानीयले

मेचीकाली : 2015-02-24 19:09:02


काभ्रे, १२ फागुन :

काभ्रेको दक्षिणी भेगका एक दर्जन भन्दा बढी गाविसका सर्वसाधारणले सहजरुपमा एम्बुलेन्स सेवा उपभोग गर्न पाउने भएका छन् । दक्षिण कोरियामा बस्दै आएका नेपालीको सहयोगमा विकट क्षेत्रका सर्वसाधारणको सेवाका लागि एम्बुलेन्स प्रदान गरिएको हो ।

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको अगुवाईमा कोरियामा कार्यरत नेपालीबाट संकलन गरिएको आर्थिक सहयोगबाट काभ्रेको डाँडापारी भेगलाई लक्षित गरि एम्बुलेन्स सेवा संचालन गरिएको छ । एम्बुलेन्स संचालन भएपछि काभ्रे जिल्लाको च्यासिंङखर्क, ढुर्खक, चलालगणेस्थान, बल्थली, महांकालचौर, फलामेटार, डाँडागाउँ, च्याम्राङवेसी, साल्मेचाकल, मिल्चे लगायतका गाविसमा सुविधा पुग्ने भएको छ । एम्बुलेन्स सेवा सुरु भएपछि बाटैमा बिरामीको मृत्यु हुने अवस्थाबाट मुक्ति मिल्ने स्थानिय स्वास्थ्य स्वयंम सेवीका गंगा लामाले बताइन् ।

एम्बुलेन्स नहुँदा काभ्रेको दक्षिणी भेगका एक दर्जन गाविसका स्थानियहरुले डोको, स्टेचरको सहायताले बिरामी बोक्ने गर्दथे । काभ्रेको बिकट क्षेत्र डाँडापारीमा अझैपनि सडक सञ्जाल पुग्न सकेको छैन । एम्बुलेन्स संचालन सँगै विकट मानिएको डाँडापारी क्षेत्रका ४५ हजार जनताले यसबाट लाभान्वित हुने एम्बुलेन्स संचालन समितिका अध्यक्ष ओम प्रताप तामाङले जानकारी दिए  । उक्त एम्बुलेन्स आज च्यासिंखर्कमा रहेको आइत टासी गुम्बा तथा एम्बुलेन्स संचालन समितिलाई हस्तान्तरण गरिएको छ । एम्बुलेन्सका लागि कोरियामा कार्यरत नेपाली कामदारबाट ९ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत कमान सिं लामा, धर्मगुरु टुल्कु नाङ्गेल रोपेन्छे अवतारी लामा, तामाङ बौद्घ महासंघका केन्द्रिय अध्यक्ष गेसे निमा तामाङ  लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु