Saturday, 23 September 2017 05:49 am, Nepal

मारकाट र माघ १९ फर्काउने खेल सफल हुँदैन– सञ्चारमन्त्री रिजाल

मेचीकाली : 2015-02-23 11:37:13


सोलुखुम्बु, ११ फागुन :

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले देशमा अहिले एकथरी मारकाट र अर्कोथरी माघ १९ दोहो¥याउने खेलमा लागेको बताउनुभएको छ । जिल्ला विकास समिति सोलुखुम्बुको  २३औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण कार्यक्रममा मन्त्री रिजालले अहिले एमाओवादी नेतृत्वको मोर्चा मारकाटमा र अर्कोथरी शक्ति राजसंस्थाको नारा लगाएर माघ १९ फर्काउने खेलमा रहेको उल्लेख गर्नु भयो ।

ती दुवै थरीको सपना पूरा नहुने भन्दै उहाँले यही संविधानसभाबाट संविधान जारी हुने दाबी गर्नु भयो ।

मन्त्री रिजालले १२ बुँदे सहमतिमा जनताको संविधान जारी गर्ने विषयमा हस्ताक्षर भएको उल्लेख गर्दै कुनै दल तथा व्यक्तिको नभई जनताको संविधान बनाउने र त्यसका लागि संविधानसभामा जनमत रहेको चर्चा गर्नु भयो । जनमतको कदर गर्दै सकेसम्म सहमति नभए बहुमतका आधारमा चाँडै संविधान जारी गर्ने मन्त्री रिजालको भनाइ छ ।

कार्यक्रममा सभासद् बलबहादुर केसीले सकेसम्म सहमतिमा नभए प्रक्रियामा गएर भए पनि दोस्रो संविधानसभाले संविधान दिएरै छाड्ने भन्दै जनतालाई निश्चिन्त भएर बस्न आग्रह गर्नुभयो ।

सो अवसरमा स्थानीय विकास अधिकारी महेश पराजुलीले आगामी आर्थिक वर्ष २०७२/०७३ का लागि कुल एक अर्ब ८२ करोड ९९ लाख ७५ हजार ६९७ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । जसमा चालुतर्फ ८१ करोड ७८ लाख २० हजार ९२ रुपैयाँ र पँुजीगततर्फ एक अर्ब एक करोड २१ लाख पाँच हजार ६०५ रुपैयाँ विनियोजन गरिएको छ । जिल्ला परिषद्ले जिल्लामा सडक सञ्जाल विस्तार, विभिन्न भौतिक पूर्वाधार निर्माण, रोजगार अभिवृद्धि जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु