Sunday, 24 September 2017 02:35 pm, Nepal

२३ वटा आयोजना व्यवस्थित रुपमा सञ्चालन

मेचीकाली : 2015-02-23 08:44:44


जुम्ला, ११ फागुन :

हिमाली आयोजनाबाट स्वीकृत भइ अनुदान पाएका २३ वटा आयोजना जुम्लामा व्यवस्थितरुपमा सञ्चालन भएका छन् । उच्च पहाडी जिल्लाका नागरिकको आयआर्जन, जीवनस्तर सुधार, उत्पादन मूल्य शृङखलाको विकास र रोजगारको अवसर सृजनाका लागि आयोजना सञ्चालन गरिएको हो ।

 भेडा पालन, तरकारी उत्पादन, गाइ पालन, जडीबुटी उत्पादन र प्रशोधनका आयोजना सञ्चालन भएका छन् । एसियाली विकास बैंकको अनुदान सहयोगमा र कृषि मन्त्रालयअन्तर्गत पशुसेवा विभागको समन्वयमा गत वर्षदेखि आयोजना सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । स्वीकृत भएका २३ वटा आयोजनालाई कामका आधारमा पहिलो किस्ताको रकम उपलब्ध गराइ सकेको वरिष्ठ पशु विकास अधिकृत रशेम ज्ञवालीले बताउनु भयो । पशु, कृषि र जडिबुटी व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यले जुम्लामा हिमाली आयोजना लागु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु