Wednesday, 20 September 2017 06:44 pm, Nepal

काभ्रेमा पाँच बर्षीया बालिका बलात्कार गर्ने पक्राउ

मेचीकाली : 2015-02-21 18:01:00


काभ्रे, ९ फागुन :

पाँच बर्षीया छिमेकी बालिकालाई बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । हाल काभ्रेको काशिखण्ड नगरपालिका तथा तत्कालिन मेथिन्कोट गाविस ४ घर भई पाँचखाल नगरपालिकाको आपँघारीमा इट्टाभट्टामा काम गर्न गएको अवस्थामा बालिकालाई अभिभावक नभएको मौका छोपी सोहि ठेगानाका ३० वर्षिय राजु विकले बलात्कार गरेका हुन् ।

 पीडितका बाबु विहिबार घर गएको र आमा केहि दिन अघि बाबुसँग झगडा गरी काठमाडांै गएको अवस्थामा बिकले उनलाई हेरचाह गर्ने भन्दै आफूसँगै लगेको र बिहीबार राती अप्राकृतिक ढंगबाट जबर्जस्ती गरेको बताइएको छ । तत्कालिन मेथिन्कोट गाविस ४ घर भई त्यहि भट्टामा कार्यरत छिमेकी भोला न्यौपानेका अनुसार बालिकाका बाबु आमा दुवै नभएको अवस्थामा ९ बर्षिया दाजु सहित चार जना बालबालिका भएको छाप्रोमा गएर राजुले बालिका लिएर गएका थिए ।

बिहीबार राती उक्त घटना भएको र घटनालगत्तै पीडित बालिकाकी दाजूले थाहा पाएर अरुलाई खबर गरेपछि प्रहरी चौकी बालुवाको टोलीले विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बालिकाको स्वास्थ्य परिक्षणपछि विकविरुद्धको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता भएको एसपी पुजा सिंहले जानकारी दिएकी छन् । प्रहरीका अनुसार काभ्रे जिल्लामा चालु वर्षको ७ महिनामा १९ वटा जर्बजस्ति करणीका जाहेरी दर्ता भएका छन् । जर्वजस्तिकरणीमा साउन देखि फागुन ८ गतेसम्म १३ वटा जाहेरी दर्ता भए भने उद्योगमा ६ वटा जाहेरी दर्ता भएका महिला सेल प्रमुख सिता श्रेष्ठले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु