Saturday, 23 September 2017 05:44 am, Nepal

स्थानीयको कुटाईबाट एक जनाको मृत्यु

मेचीकाली : 2015-02-20 17:56:28


सोलुखुम्बु, ८ फागुन :

सोलुखुम्बुको गुदेल ७ मा स्थानीयको कुटाईबाट एक जनाको मृत्यु भएको छ । सामान्य विवादमा स्थानीय छिरिङ राईको कुटाईबाट ३५ वर्षीय किताब सिंह राईको मृत्यु भएको प्रहरी नायव उपरिक्षक चन्द्रदेव राईले जानकारी दिनुभएको छ ।

 मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिँदै छ । गुदेलबाट हेलीकोप्टरबाट नेलेसम्म ल्याइ पुर्याइएको प्रहरीले जनाएको छ । अभियुक्त छिरिङ राईलाई गुदेल ८ जंगलबाट प्रहरीले पक्राउ गरेको छ । सोताङबाट खटिएर गएको सई राम थापाको टोलीले उनलाई जंगलबाट पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायव उपरिक्षक राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु