Saturday, 23 September 2017 05:53 am, Nepal

फागुन १६ पछि राजनीतिक वातावतरण अर्को बन्ने प्रचण्डको दाबी

मेचीकाली : 2015-02-19 17:35:55


काभ्रे, ७ फागुन :

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काग्रेँस र एमाले अहिलेकै अवस्थामा रहिरहे फागुन १६ पछि राजनीतिक वातावरण अर्को बन्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ काभ्रेले आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन १६ गते खुल्ला मञ्चबाटै संविधान जारी गर्दै हुनुहुन्छ हो ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले शान्ति सम्झौता कार्यान्वयन गर्ने हदसम्म काग्रेँस र एमाले नआए अवस्था फरक ढंगले अघि बढ्ने बताउनुभएको हो ।

प्रचण्ड बैचारिक प्रशिक्षणका लागि लागि आज काभ्रेको बनेपा आइपुग्नुभएको थियो । प्रचण्डले आठ वर्षअघि दलहरुसँग समहमति भएको भनेर पूर्व राजा ज्ञानेन्द्रले दिएको अभिब्यक्ति नउटङ्की, नाटक र षड्यन्त्र मात्रै भएको टिप्पणी गर्नूभयो । विगतका शन्ति, सम्झौता र उपलब्धीलाई काग्रेँस र एमालेले बहुमतको दम्भमा उपमानित गर्न खोजेका कारण अहिले आफु जनताको साथ बुटुल्न जिल्ला दौडाहामा हिडेको बताउनुभयो ।

 ऐतिहासिक सम्झौताहरुलाई समावेश गरेर संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ भन्ने कुरा गर्दा काँग्रेस र एमाले जबजस्र्ती बहुमतमा जान खोजेपछि सडकमा गएर आफ्ना कुरा जनतालाई भन्न बाध्य प्रचण्डको भनाई थियो । उहाँले अझै पनि आफुहरु संविधानसभाबाटै संविधान जारी होस् भन्ने पक्षमा रहेको दाबी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु