Tuesday, 26 September 2017 11:51 pm, Nepal

मिथिलाको कुम्भ सुरु

मेचीकाली : 2015-02-18 13:38:04


जनकपुरधाम, ६ फागुन :

मिथिलाको कुम्भको रुपमा ख्याति प्राप्त १५ दिने मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ ।शताब्दीयौँदेखि पवित्र भूमिको परिक्रमा गर्ने चलनअनुरुप जनकपुरधामको परिक्रमा गर्ने श्रद्धाअनुसार मध्यमा परिक्रमाको परिकल्पना गरिएको हो ।

परिक्रमा कहिलेदेखि सुरु भयो यसका बारेमा कुनै लिखित आधार नभए पनि यसको महत्वका बारेमा मिथिला महात्म्य नामक ग्रन्थमा व्यापक रुपले चर्चा गरिएको छ ।विद्वान्हरुले मिथिला महात्म्यलाई १८औँ शताब्दीको ग्रन्थ मानेका छन् । यसले गर्दा यसको प्रारम्भ १८औँ शताब्दी पूर्व नै भइसकेको अनुमान गरिन्छ ।

प्राचीनकालमा पाँच दिनको परिक्रमा गर्ने चलन रहेकामा विसं १९६४ मा यसलाई १५ दिने परिक्रमाको रुपमा परिणत गरिएको देखिन्छ ।पन्ध्र दिने परिक्रमाअन्तर्गत कल्याणेश्वर, गिरिजास्थान, क्षिरेश्वर, धनुषाधाम र फेरि कल्याणेश्वर पुगी अन्त हुने गरेकामा १५ दिने परिक्रमाअन्तर्गत हनुमानगढी, कल्याणेश्वर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वर, धनुषाधाम, सतोषर, औरही हरुसाहा र विसौल रहेका छन् ।फागुन अमावश्याका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मूल डोला सञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा राम सीताका मूर्ति सजाएर राखिएका हुन्छन् । जसले सम्पूर्ण परिक्रमा पथको नेतृत्व गर्दछ ।

परिक्रमामा सहभागी भएमा दुःख कष्टबाट मुक्ति हुने विश्वास रहेका कारण परिक्रमामा लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु