Sunday, 24 September 2017 02:35 pm, Nepal

काभ्रेमा डेढ करोड दीप प्रज्ज्वलन

मेचीकाली : 2015-02-18 08:54:36


काभ्रे, ६ फागुन

: काभ्रेको बनेपा नगरपालिका ११ गोसाईस्थानमा शुरु गरिएको पहिलो चरणको १८ पुराण र ११ उपपुराणको पुर्णाहूति डेढ करोड दीप प्रज्ज्वलन गरि समापन गरिएको छ ।

आगामी ५ वर्ष भित्र नेपालकै नमुना धार्मिक पर्यटकिय स्थल बनाउने उद्देश्यले २०७० माघ २८ गते शुरु गरिएको उक्त पुराण एक वर्ष अवधीमा २५ जना ब्रम्हाणहरुले दैनिक रुपमा बाचन गरी समापन गरेको गोसाईस्थान नैमिषारण्य क्षेत्र विकास समितिका सचिव मोहनविनोद बजगाईले जानकारी दिए ।

विश्वशान्तिका लागि गरिएको उक्त पुराण समापन लगत्तै आगामी २०७२ बैशाख २ गतेबाट सोहि क्षेत्रमा गूरुकुल संस्कृत विद्यालयको शुरुवात गरिने समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्यायले जानकारी दिएका छन् सवा करोड दीप प्रज्ज्वलनका लागि विभिन्न क्षेत्रका धार्मिक अनुयायीहरुको सहभागिता रहेको थियो । शिवरात्रीको समेत अवसर पारी आयोजना गरिएको उक्त समापन कार्यक्रममा श्रद्धालु भक्तजनहरुको घुईचो लागेको थियो ।

उक्त क्षेत्रमा दाताहरुको सहयोगमा कालिदेवीको मन्दिर निर्माण भैसकेको छ भने शिव मन्दिर र नेपालकै सबै भन्दा ठुलो हवनस्थलको निर्माण गरिएको छ । २८ वटा भौतिक संरचना ५ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त धार्मिक क्षेत्रमा तत्कालै विराटनगरका एक ब्यवसायीले राधाकृष्ण मन्दिर निर्माण गर्ने भएका छन् भने बनेपाकै उद्धव तिमल्सिनाले गायत्री मन्दिरको निर्माण गरिदिने भएका छन् । उक्त क्षेत्रमा नियमित रुपमा धार्मिक प्रवचन भईरहने भएकाले सामुहिक रुपमा व्रतवन्ध, विवाह, भागवत समेत आयोजना गरिनेछ । भागवत लगाउन नसक्नेहरुका लागि निशुल्क र सक्नेहरुका लागि शशुल्क भागवत समेत लगाईने समितिका सचिव बजगाईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु