Tuesday, 26 September 2017 12:33 am, Nepal

दुईवटा उद्योगमा आगलागी, पचहत्तर लाख बराबरको क्षति

मेचीकाली : 2015-02-16 11:16:07


भक्तपुर, ४ फागुन :

मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित दुईवटा उद्योगमा गएराति भीषण आगलागी हुँदा रु ७५ लाख बराबरको क्षति भएको छ । लोकन्थलीको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगै रहेको उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा एकैपटक आगलागी भएको हो ।

आगलागीबाट दुईवटै उद्योगको ६ वटा मेसिन, लाखाँै बराबरको कपास, फर्निचर र विभिन्न सामान गरी रु ७५ लाख बराबरको क्षति भएको दुईवटै उद्योगका सञ्चालक दोलखा पोवटी–५ घर भई लोकन्थली बस्ने बलराम उप्रेतीले जानकारी दिनुभयो ।    दिउँसो विद्युत्भार कटौतीले गर्दा विद्युत् नहुने भएकाले राति विद्युत् आएको बेलामा काम गर्दै आएको उद्योगमा राति २ बजे अचानक विद्युत् सर्ट भएर आगलागी भएको उहाँले बताउनुभयो । आगलागीले प्रत्यक्ष रूपमा ३५ र अप्रत्यक्ष्य रूपमा २०० मजदुरको रोजीरोटी खोसिएको छ । आगलागीबाट दुईवटै कारखानाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

    स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली तथा प्रहरी, काठमाण्डौ र ललितपुरका ६ वटा दमकलले बिहान ५ बजे आगो नियन्त्रणमा लिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु