Wednesday, 20 September 2017 06:43 pm, Nepal

जाडोयाम सकिन लाग्दा ताप्लेजुङमा हिमपात

मेचीकाली : 2015-02-15 08:51:56


जुम्लासहित कर्णालीका अन्य जिल्लाहरुमा पनि हिमपात
ताप्लेजुङ, ३ फागुन :

गएराति भएको वर्षासँगै ताप्लेजुङमा फेरि हिमपात सुरु भएको छ । गत विहिबार दिउँसोदेखि भएको हिमपात नपग्लदै गएराति फेरि हिमपात भएको स्थानियबासीले बताएका छन् । बाक्लो हिमपातका कारण जिल्लाको लेलेप स्थित घुन्सा, याङ्मा, कालिखोला, याम्फुदिन, ओलाङ्चुङगोला साथै पाथिभरा क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बर्षासँगै चिसो बढेपछि सदरमुकाममा विहान चहलपहल पातलिएको छ भने मोटरसाईकल लगायतका साना सवारीसाधन पनि कम चलेका छन् । वर्षाको कारण किसानलाई भने राहत मिलेको छ ।

 जुम्लासहित कर्णालीका अन्य जिल्लाहरुमा हिमपात, जनजीवन प्रभावित

जुम्लासहित कर्णालीका अन्य जिल्लाहरुमा हिमपात भएको छ । जुम्लामा चौथो पटक हिमपात भएको हो । हिमपातले बिहानैबाट जुम्लाको जनजिवन प्रभावित भएको छ । जुम्लाबाट दैनिक छुट्ने बसहरु गन्तव्य स्थानान जान सकेका छैनन् भने जुम्लाबाट दैनिक हुने उडानहरु पनि रोकिएका छन् । बिहानबाट जुम्लाबजारमा अन्य दिनको जस्तो चहलपहल पनि छैन । हिजो साझँ ९ बजेबाट बिहान ३ बजेसम्म पानी परेपछी बिहान ३ बजेबाट हिमपात भएको हो । अहिले सम्म ० दशमलब २ सेन्टिमिटर हिउ परेको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपि चौरासियाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु