Tuesday, 26 September 2017 04:55 pm, Nepal

आहा–रारा गोल्डकप : उपाधिका लागि मनाङ र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने

मेचीकाली : 2015-02-13 17:29:10


पोखरा–

पोखरामा भइरहेको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि पुराना प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको अन्तिम सेमिफाइनलमा जित निकाल्दै मनाङले थ्रीस्टारसँगको उपाधि भिडन्त पक्का गरेको हो । मनाङले आज कमजोर प्रतिद्वन्द्वी सुदुरपश्चिम फुटबल क्लब कैलालीलाई २–० ले पराजित गरेको छ ।
 मनाङका लागि अनिल गुरुङले १७ मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा सुजल श्रेष्ठले गोल गरे ।

मनाङ मस्र्याङ्दीले पहिलो चरणमा भारतको कन्चनजंघा फुटबल क्लबलाई पराजित गरेको थियो भने क्वाटरफाइनलमा नेपाल आर्मीलाई पराजित गरेको थियो ।

 यस्तै सुदुरपश्चिमले पहिलो चरणमा सशस्त्रको एपीएफ र क्वाटरफाइनलमा बेलायती क्लबलाई पराजित गरेको थियो । पहिलो सेमिफाइनलमा बिहीबार थ्रीस्टारले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । प्रतियोगिताको उपाधि भिडन्त शनिबार दिउँसो पोखरा रंगशालामा हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु