Tuesday, 26 September 2017 11:56 pm, Nepal

काभ्रेको काशीखण्ड नगरपालिकामा फेरि विवाद

मेचीकाली : 2015-02-12 08:34:52


-माग पुरा नभए गाविसमै रहने चेतावनी
काभ्रे, २९ माघ :

काभ्रेको काशीखण्ड नगरपालिकाका विषयमा सहमति भएको भनिएको दुई दिनमै फेरि नयाँ विवाद देखिएको छ । सदरमुकाम धुलिखेलमा बसेर काशिखण्ड नगरपालिकाको नाम परिवर्तन गर्ने राजनीतिक दल तथा केहि गाविसका स्थानीयहरुको सहमतिको फेरि विरोध सुरु भएको हो ।

 नगरपालिका भित्र परेको मथुरापाटी फुलबारी गाविसका स्थानीयहरुको बुधबार भएको भेलाले सरकारले मसिंर १६ गते गरेको निर्णय कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिएको भेलामा सहभागि टिपी शर्मा तिमल्सिनाले जानकारी दिए । भेलामा नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, मधेशी जनअधिकार फोरम तथा गाविसमा कृयाशिल पार्टीहरुका प्रतिनिधिहरु, पुर्व जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको स्थानीय संजिव ढकालले जानकारी दिएका छन् ।

भेलाले नगरपालिकाको नाम काशिखण्ड नै हुनुपर्ने तथा नगरपालिकाको केन्द्र भकुण्डे बजारमै हुनु पर्ने निर्णय गरेको छ । अन्य गाविसका स्थानीयहरुलाई उक्त कुरा मञ्जुर नभए मथुरापाटी फुलबारी गाविसलाई गाविसमै रहन दिन स्थानीयबासीले माग गरेका छन् ।  धुलिखेलमा स्थानीय विकास अधिकारी चिरञ्जिवी तिम्सिना सहितको उपस्थितीमा जिल्ला स्थित राजनीतिक दलका नेताहरु समेतको रोहवरमा भएको सोमबार छलफलमा काशिखण्डको नाम परिवर्तन गर्दै दाप्चा काशिखण्ड बनाउन प्रस्ताव गर्ने, केन्द्रलाई अन्यत्र सार्ने, वडाहरुको विभाजनलाई थप गर्ने निर्णय भएको थियो । माथिल्लो गाविस र तल्लो गाविसका स्थानीयहरुको विवादले लामो समय देखि काशिखण्डमा कुनै काम हुन सकेको छैन । गाविसमा लगाएको ताला सोमबारबाट खुलेको भए पनि अब पुनः आन्दोलनको चेतावनीले नगरपालिका घोषणाले स्थानीय स्तरमा भएको सद्भाव खल्बलिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु