Friday, 22 September 2017 05:36 pm, Nepal

नेपाल–भारतको सीमा व्यवस्थापन सम्बन्धि बैठक सम्पन्न

मेचीकाली : 2015-02-11 17:37:54


पोखरा, २८ माघ :

नेपाल–भारतको सीमा व्यवस्थापन सम्बन्धि बैठक पोखरामा सकिएको छ । बैठकले सीमा सुरक्षा र सीमा अपराधका विषयमा छलफल गरेको छ ।   दुई दिनसम्म चलेको बैठकमा सीमा क्षेत्रमा हुने विभिन्न किमिसका आपराधिक क्रियाकलाप, मानव बेचबिखन, लागु औषधको अवैध कारोवार, हातहतियार ओसार पोसार, आतंकवाद नियन्त्रणलगायतका विषयमा छलफल भएको गृहमन्त्रालयका सह–सचिव लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

 बैठकमा भारतीय भूमिबाट गैरकानूनी ढंगले विदेश जाने प्रवृत्ति निरुत्साहित गर्न नेपालले राखेको प्रस्तावलाई भारतीय पक्षले सहज रुपमा लिएको छ । नेपालमा भारतीय नक्कली मुद्रा कारोवार गर्ने आपराधिक गिरोहलाई नियन्त्रण गर्न पनि जोड दिइएको छ । भारतीय सीमा क्षेत्रमा निर्माण गरिएको सडक एवं संरचनाले नेपाली भूभाग डुवानमा परि हजारौं विस्थापित हुनुपरेको विषयमा नेपाली पक्षले ध्यानाकर्षण गराएको ढकालले बताउनुभयो । नेपालका तर्फबाट गृह मन्त्रालयका सह–सचिव लक्ष्मीप्रसाद ढकाल र भारतका तर्फबाट गृह मन्त्रालयका सीमा व्यवस्थापन हेर्ने हितेस कुमार एस मकवानले नेतृत्व गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु