Tuesday, 26 September 2017 04:56 pm, Nepal

नेपाल–भारत संयुक्त सुरक्षा बैठक आज पनि जारी रहने

मेचीकाली : 2015-02-11 08:50:46


पोखरा, २८ माघ :

नेपाल–भारत संयुक्त सुरक्षा बैठक आज पनि जारी रहने भएको छ । हिजो बिहानदेखि पोखरामा शुरु भएको बैठकमा आज पनि विभिन्न विषयमा छलफल हुनेछ । बैठकमा १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गृहमन्त्रालय मातहतको शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ता लक्ष्मिप्रसाद ढकालले गर्नुभएको छ भने भारतबाट सहभागी टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयका सहसचिव हितेसकुमार मकवानाले गर्नुभएको छ ।

 बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रणलगायतका विषयमा छलफल हुने नेपाली टोलीको नेतृत्व गरिरहनु भएका ढकालले जानकारी दिनुभयो । बैठकमा हिजो नेपालले दशगजा छेउको सडक र मानव तस्करी रोक्न भारतसँग औपचारिक आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु