Friday, 22 September 2017 05:38 pm, Nepal

बलात्कृत युवतीको परिवारलाई १० लाखको अफर

मेचीकाली : 2015-02-11 08:28:17


-नमानेपछि पीडकबाट धम्की
काभ्रे, २८ माघ :

प्रेमीबाट बलात्कृत भएको उजुरी दर्ता गरेकी एक किशोरीको परिवारलाई उजुरी फिर्ता लिन र बयान बदल्न १० लाख रुपैयाँ दिने प्रस्ताव आएको छ । उक्त प्रस्ताव अस्वीकार गरेपछि बलात्कारको अभियोग लागेका युवाको परिवारले पीडितलाई धम्की दिएको छ । आरोपीका परिवारको धम्कीपछि प्रहरीले पीडित परिवारलाई २४ घण्टे सुरक्षा उपलव्ध गराएको छ ।

माघ ७ गते ल्होसार कार्यक्रम मनाउन पाँचखालबाट दोलालघाट बोलाएर बलात्कार गरेको उजुरी लगत्तै प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेपछि आरोपित युवाहरुका परिवारले पीडित, पीडितका बाबु आमालाई धम्कि दिएको भन्दै शान्ति सुरक्षाका लागि उजुरी गरेका थिए । किशोरीका पिताले आरोपीको परिवारबाट १० लाख रुपैयाँ दिने प्रस्ताव आएको बताए ।

पीडित किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पाँचखाल ३ का आदित्य अधिकारी र पाँचखाल ६ का समीर श्रेष्ठलाई पक्राउ गरेको छ पीडित किशोरीका अनुसार अधिकारीले जबर्जस्ती बलात्कार गरेका थिए भने श्रेष्ठले त्यसको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । किशोरीलाई बलात्कार गर्नुअघि अधिकारीले उनीसँग प्रेमको नाटक गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु