Tuesday, 26 September 2017 11:17 am, Nepal

कहाँ छन् पाल्पाका हरिबहादुर मलेसियामा ?

मेचीकाली : 2015-02-10 17:27:38


पाल्पा छहरा गाविस–७ का हरिबहादुर खत्री आठ महिनादेखि मलेसियामा बेखबर बनेका छन् ।आठ महिनासम्म हरिबहादुर घरपरिवारको सम्पर्कमा नआएको उहाँका ६१ वर्षीय बुबा कर्णबहादुर खत्रीले बताउनुभयो ।छ वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी परिवारदेखि सम्पर्कविहीन छन् । बुबा कर्णबहादुरका अनुसार उनी गत असारदेखि बेखर बनेका हुन् ।

पहिला घरपरिवारसँग फोनमा कुराकानी गर्ने र घरमा पैसासमेत पठाउने खत्री गत असारदेखि मलेसियामा कहाँ, कस्तो अवस्थामा बसिरहेका छन् भन्ने घरपरिवारलाई थाहा छैन । वसं २०६७ साउन १५ गते मलेसिया गएका थिए । खत्री मलेसियामा हराएपछि परिवार चिन्तित बनेको छ । खत्रीका कक्षा २ र कक्षा १ मा पढ्ने दुई छोरी, आमाबुबा र श्रीमती रहेका छन् ।

खत्रीका बुबाले छोराको खोजी गरिदिने नेपाल सरकार र मलेसियास्थित दूतावासलाई समेत अनुरोध गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु