Tuesday, 26 September 2017 04:54 pm, Nepal

सहमति सत्तारुढ दलहरुले भाँडे : भट्टराई

मेचीकाली : 2015-02-10 13:52:00


डडेल्धुरा, २७ माघ :

एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले सत्तारुढ दलले प्रक्रिया रोकेर वार्ताको वातावरण नबनाएसम्म आफूहरुको आन्दोलन नरोकिने बताउनुभएको छ ।कार्यकर्ता प्रशिक्षणको सिलसिलामा डडेल्धुरा आइपुगेका डा भट्टराईले आज बिहान पत्रकार सम्मेलनमा बोल्दै सहमतिको वातावरण सत्तापक्षले भाँडेको आरोप लगाउनुभयो ।
नयाँ राजनीतिक मूलधार सिर्जना गर्न शान्ति प्रक्रियामा आएको एमाओवादीले प्रगतिशील संविधान बनाउन चाहेको उहाँको दाबी थियो ।

पत्रकारहरुको जिज्ञासामा पूर्व प्रधानमन्त्री भट्टराईले अन्तर्वस्तुमा सहमति नभएसम्म संविधान नबन्ने बताउनुभयो ।

संविधान निर्माणको नाममा कागजको खोस्टोमा आफूहरु सहमत नहुने पनि नेता भट्टराईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु