Wednesday, 27 September 2017 12:00 am, Nepal

नेपाल–भारत संयुक्त सुरक्षा बैठक आजदेखि पोखरामा सुरु हुँदै

मेचीकाली : 2015-02-10 08:48:06


पोखरा, २७ माघ :

नेपाल–भारत संयुक्त सुरक्षा बैठक आजदेखि पोखरामा सुरु हुँदैछ । बैठकमा नेपालले भारतबाट आइरहेको नक्कली नेपाली रुपैँया नियन्त्रणको एजेण्डा प्रस्तुत गर्नेछ । भारतमा छापिएका नक्कली रुपैँया नेपाली बजारमा देखा पर्नथालेपछि नेपालले यो विषयको एजेण्डा प्रस्तुत गर्न लागेको हो ।

 भारतीय पक्षले यसअघिका बैठकमा नक्कली भारतीय रुपैँयाको कारोबार नियन्त्रण, सीमा क्षेत्रमा बढ्दो मदरसा र भारतविरोधी गतिविधि नियन्त्रणलाई एजेण्डा बनाउँदै आएको थियो । नेपालले पहिलो पटक दुवै देशका गृहमन्त्रालयका अधिकारीको औपचारिक बैठकमा नक्कली नोट यिनन्त्रणको मुद्दा उठाउन लागेको हो । बैठकमा १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गृहमन्त्रालय मातहतको शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ता लक्ष्मिप्रसाद ढकालले गर्नेछन् । भारतबाट सहभागी टोलीको नेतृत्व भारतीय गृहमन्त्रालयका सहसचिव हितेसकुमार मकवानाले गर्ने बताइएको छ । दुई दिनसम्म चल्ने बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण लगायतका विषयमा छलफल हुने नेपाली टोलीको नेतृत्व गरिरहेका ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु