Friday, 22 September 2017 05:37 pm, Nepal

महिलाहरुको लागि लोकसेवा आयोगको निशुल्क तयारी कक्षा शुरु

मेचीकाली : 2015-02-09 08:44:55


जुुम्ला, २६ माघ :

जुम्लाका महिलाहरुको लागि लोकसेवा आयोगको निशुल्क तयारी कक्षा शुरु भएको छ । महिलालाई निजामती सेवामा प्रवेश गर्न सजिलो बनाइदिन तयारी कक्षा सञ्चालन गरिएको हो । आर्थिक अवस्था कमजोर भएका तथा विपन्न वर्गका महिलाहरुका लागि कक्षा सञ्चालन गरिएको महिला तथा बालबालिका कार्यालय जुम्लाका प्रमुख अनिता ज्ञवालीले बताउनु भयो ।

लोकसेवा आयोगको खरिदार पदको लागी तयारी गरिरहेका ६० जना महिलालाई लक्षित गरी निशुल्क तयारी कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ ।

यसैबीच, जुम्लाको शैक्षिक अवस्था सुदृढ भएको पाइएको बताइएको छ । दुई वर्षको प्रवेशिका परिक्षाको नतिजालाई तुलना गर्दा शैक्षिक अवस्था सुदृढ भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । २०६९ सालमा ६५ प्रतिशत र २०७० सालमा २ प्रतिशतले बढी अर्थात ६७ प्रतिशत विद्यार्थी प्रवेशिका परिक्षामा उत्तिर्ण भएको विद्यालय निरीक्षक टोपवहादुर बुढाले बताउनु भयो । विद्यार्थीको मेहनत र जिल्ला शिक्षा कार्यालय जुम्लाको कडा नियमनले प्रवेशिका परिक्षामा उत्र्तिण हुने विद्यार्थीको संख्यामा बृद्धि भएको बुढाले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु