Tuesday, 26 September 2017 12:33 am, Nepal

सरकारको लापरवाहिले टेलिसेन्टरहरु समस्यामा

मेचीकाली : 2015-02-07 17:48:53


डडेल्धुरा–

सरकारको लापरवाहिका कारण हुलाक विभागले स्थापना गरेका डडेल्धुराका टेलिसेन्टरहरु समस्यामा परेका छन् । स्थापना गरेको ७ बर्ष भईसक्दा मर्मत संम्भार हुन नसक्दा सेन्टरहरुमा रहेका सामग्रिहरु बिग्रिएर बन्द हुने अबस्थामा पुगेका हुन । जनताको घरदैलोमा सस्तो सेवा दिने उदेश्यले नेपाल सरकार हुलाक सेवा विभागले टेलिसेन्टरको स्थापना गरेको थियो ।

तर डडेल्धुराका जिल्ला हुलाक कार्यालय, जोगबुडा, गैरा, चिपुर, अजयमेरु र गणेसपुरमा सञ्चालन गरिएका टेलिसेन्टरहरुको अवस्था दयनिय बन्दै गईरहेको टेलिसेन्टरमा कार्यरत कर्मचारीहरुले नै बताउछन् । सुरुमा जिल्लाका टेलिसेन्टरले राम्रो आम्दानि गरेपनि पछिल्लो समयमा ओरालो लाग्नेक्रममा छन् । आर्थिक बर्ष २०६८ र ६९मा ३१ हजार ३ सय ३३ रुपैँया कमाएका टेलिसेन्टरले २०६९ र ७० मा ६७ हजार ८ सय ६६ रुपैँया आम्दानि गरेका थिए । तर गत आर्थिक बर्षमा जिल्लाका टेलिसेन्टरहरुले ३५ हजार ६ सय ९५ रुपैँया कमाएको जिल्ला हुलाक कार्यालय डडेल्धुराले जनाएको छ । चालु आर्थिक बर्ष सुरु भएयता मात्रै टेलि सेन्टरले २१ हजार ९ सय ९९ रुपँैया आम्दानि गरेको पाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु