Sunday, 24 September 2017 02:33 pm, Nepal

एसपिए कप क्रिकेट : सनसाइन र न्यू होराइजनबीच उपाधि भिडन्त हुने

मेचीकाली : 2015-02-06 17:25:39


धनगढी-

धनगढीमा भइरहेको सर्वाधिक पुरस्कार राशीको एसपिए कप क्रिकेटको उपाधिका लागि बुटवलको न्यू होराइजन उच्च मावि र भैरहवाको सनसाइन कलेजबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको सेमिफाइनलबाट होराइजन र सनसाइनले उपाधि भिडन्त पक्का गरेका हुन् ।

आज भएको पहिलो सेमिफाइनलमा शक्ति गौचन खेलमा फर्किएपछि पेन्टागन कलेजलाई ४४ रनले पराजित गर्दै न्यू होराइजन उपाधिनजिक पुगेको हो । यस्तै सनसाइनले नेपालगञ्जको होलिल्याण्ड उच्च माविलाई ७४ रनले हरायो । न्यू होराइजनले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको पेन्टागन १६ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो । उसका लागि सागर पुनले सर्वाधिक ४० रन बनाए । पेन्टागनलाई सस्तैमा समेट्न शक्ति गौचनले ३ विकेट लिए । पिताको निधनपछि शक्ति पहिलोपटक आज मैदान प्रवेश गरेका हुन् । यसअघि न्यू होराइजनले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो । खेलमा शक्ति गौचन प्लेयर अफ दिन म्याच घोषित भए । यस्तै सनसाइनले १ सय ६८ रनको चुनौती पछ्याएको होलिल्याण्ड १९ दशमलव २ ओभरमा अलआउट हुँदै ९३ रनमा समेटिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु