Friday, 22 September 2017 05:36 pm, Nepal

गर्भवति महिलाको घरमा हरियो झण्डा राख्न शुरु

मेचीकाली : 2015-02-06 08:47:00


जुम्ला, २३ माघ :

जुम्लाका गर्भवति महिलाको घरमा हरियो झण्डा राख्न शुरु गरिएको छ । गर्भवति महिलाको घर सजिलै चिन्नको लागि झण्डा राख्न शुरु गरिएको हो । गर्भवति महिलालाइ स्वास्थ्य सचेतना र सुत्केरी अवस्थामा ख्याल गर्नुपर्ने कुराहरुको बारेमा जानकारी गराउनको लागि गर्भवति महिलाको घरमा हरियो झण्डा राख्ने अभियान शुरु गरिएको हो ।

जुम्लाका ९ वटा गाविसमा पहिलो चरणमा गर्भवति महिलाको घरमा झण्डा राख्न सुरु गरिएको बताईएको छ । अभियान अन्तर्गत पहिलो चरणमा आज चन्दननाथ नगरपालिकाको वडा नंं. १ तलिचौरमा १० जना गर्भवति महिलाको घरमा झण्डा राखिएको छ । सादा नेपाल जुम्लाका कार्यक्रम संयोजक प्रकाश योगीको नेतृत्वमा गएको टोलीले गर्भवति महिलाको घरमा झण्डा राखेको हो । जिल्लाका अन्य गाविसमा पनि विस्तारै झण्डा राख्ने तयारी भइरहेको उहाँले  भयो ।  गर्भावस्था र शिशुको जन्म एक विशेष अवस्था भएको भन्दै यो अवस्थामा नियमित गर्भ जाच, गर्भवतिको स्याहार, हेरचाह तथा गर्भावस्थामा आउने जटिलताका बारेमा सबैलाई जानकारी हुने भएकोले झण्डा राख्ने अभियान शुरु गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु