Sunday, 24 September 2017 02:34 pm, Nepal

जुम्लामा तेस्रो पटक हिमपात

मेचीकाली : 2015-02-03 08:49:29


जुम्ला, २० माघ :

जुम्लामा आज बिहानबाटै हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । आज बिहान साढे ३ बजेबाट हिमपात सुरु भएको हो । बिहानैबाट हिउ परे पनी आहिले सम्म झण्डै आधा फिट भन्दा बढि हिउ जमिनमा छैन् । हिउ परेलगतै चिसो बढेको छ ।
बिहानैबाट ट्युशन पढ्ने बिद्यार्थीहरुको आवतजावत पनी बन्द भएको छ भने अन्य काममा बाधा परिरहेको चन्दननाथ नगरपालिका वडा नम्बर ७ का काली महतले बताउनुभयो ।

जुम्ला लगाएत कर्णालीका अन्य चार जिल्लामा पून हिमपात भएको छ । हिपातसगै चिसो बढ्दा जनजीवन कष्टकर भएको छ । जुम्लाको उच्च स्थानमा करिब आदा फिट जति हिउ जमेको छ भने, बेसी तिर दुइ इन्च जति हिउ जमेको छ । चिसाको कारण पाच वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने भएकोले प्रशस्त मात्रमा झोलीलो खानेकुरा खुवाउन र न्यानो पारेर राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । हिमपात हुदा किसानहरु भने खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु