Tuesday, 26 September 2017 12:35 am, Nepal

यसरी हेर्दाहेर्दै जल्यो केसीको परिवार

मेचीकाली : 2015-01-30 13:42:11


तातोका लागि बालेको मकलबाट आगो सल्केको अनुमान
काभ्रे, १६ माघ :

बिहीबार काठमाडौंको शालीनदि जान हिँडेकी थिइन् पनौती १० नागेचौरकी भगीरथी केसी । तर, घरमा ब्याउनका लागि ठिक्क परेको गाईलाई छाडेर हिँड्न मन भएन उनको । घरबाट पनौती आइसकेकी उनी शालीनदि जान छाडेर घरै फर्किन् । नभन्दै दिउँसो गाइपनि ब्यायो ।

साँझ अबेरसम्म सुत्केरी गाईको स्याहार गरिन् उनले पति विनोद केसीसँग मिलेर । जस्ताले छाएको सिमेन्टको घरमा चिसो धेरै हुने भर्एपछि उनीहरुले गाईले भर्खरै पाएको बाच्छीलाई मकलमा आगो बालेर सेकाए । राती खाना खाइओरी छोरा ८ बर्षका अनुप केसीसँगै उनीहरु सुतेका थिए । राती चिसो नहोस् भनेर कोठामा उनीहरुले गाईको बाच्छी सेकाउन बालेको मकलसमेत लिएर गए । र, त्यही मकल बन्यो उनीहरुको मृत्युको कारण ।

राती मकलबाट सल्केको आगोले केसीको परिवारै सखाप भयो भने हिजोमात्रै ब्याएको बाच्छीले समेत एक दिन नपुग्दै ज्यान गुमायो । आगलागीमा परेर पनि बाँच्न सफल भएको गाईलाई पनि धेरै ठाउँमा आगोले भेटेको छ ।

राती अचानक छिमेकी अष्टलाल श्रेष्ठले जस्ता पड्केको आवाज सुनेका थिए । कसैले केसीको घरमा ढुंगा हान्यो कि भनेर हेर्न गएका श्रेष्ठले केसीको परिवार सुतेको कोठामा आगलागी भइरहेको देखे । एक्लै आगो निभाउने हिम्मत नआएपछि उनले छिमेकी गुहारे र छिमेकीले प्रहरीलाई खबर गरे ।

प्रहरी र स्थानीयबासी मिलेर आगो नियन्त्रणमा लिइसक्दा केसीको परिवार सखाप भइसकेको थियो । विनोद, उनकी श्रमिति भगीरथी र छोरा विपिनको शव सुतिरहेकै ठाउँमा जलेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु