Sunday, 24 September 2017 02:34 pm, Nepal

संविधान निर्माण नहुनुमा एमाओवादी दोषी : सिटौला

मेचीकाली : 2015-01-29 17:40:30


झापा, १५ माघ :

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले निर्धारित मितिमा संविधान जारी गर्न नसक्नुमा एकीकृत नेकपा माओवादी दोषी रहेको बताउनु भएको छ ।  नेपाली कांग्रेस झापाले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज झापा आइपुग्नु भएका सिटौलाले दिउँसो बिर्तामोडमा पत्रकारहरुसंग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।

 नेपाली कांग्रेस सरकार चलाउन सत्तामा नरहेको बताउदै  उहाँले संविधान निर्माणका लागि सहमति जुटाउन हदैसम्मको प्रयत्न नेपाली कांग्रेसले गरेपनि त्यसलाई एमाओवादीले विफल पारेको बताउनु भयो । सबैको सहमतिबाट नेपाली कांग्रेस संविधान निर्माण गर्न चाहान्छ भन्दै उहाँले अगाडि भन्नुभयो–‘संविधान निर्माणपछि क्षेत्रीय र जातीयताका नाममा मुलुकमा  द्वन्द्व निम्तनु हुँदैन ।’ नेपाली कांग्रेसले संविधान निर्माणका लागि अझैंपनि सहमतिका लागि निरन्तर प्रयत्न गरिरहेको बताउँदै महामन्त्री सिटौलाले सहास र दृढताका साथ नेपाली जनताले चाहेको संविधान नेपाली काग्रेंसले जारी गरेरै छाड्ने धारणा राख्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु