Wednesday, 20 September 2017 06:44 pm, Nepal

क्यान इन्फोटेक आजदेखि राजधानीको भृकुटीमण्डपमा

मेचीकाली : 2015-01-28 08:42:11


क्यान इन्फोटेकको २१ औं संस्करण आजदेखि राजधानीमा शुरु हुँदैछ । कम्प्युटर एसोसिएसन नेपाल क्यानले गर्न लागेको मेलाको आज बिहान ११ बजे प्रधानमन्त्री सुशिल कोइरालाले काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्नुहुने तय भएको छ । सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा मेलामार्फत उपभोक्तालाई जानकारी दिने उद्देश्यले वर्षेनि मेला गर्दै आएको छ ।

मेलामा एकसय भन्दा बढी स्टल तथा प्रदर्शनीका साथै फुड स्टलसमेत रहने क्यानले जनाएको छ । सूचना प्रविधिको कुम्भ मेला भनिने मेलाअन्तर्गत सूचना प्रविधिका बारेमा हुने विभिन्न छलफल पनि हुने भएको छ । १९ गतेसम्म चल्ने मेलाअन्तर्गत १८ गतेलाई बिजनेस डे घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु