Tuesday, 26 September 2017 04:55 pm, Nepal

जुम्लामा बिसिजी खोप आइपुग्यो, केहि दिनमैं स्वास्थ्य संस्थामा पठाइने

मेचीकाली : 2015-01-26 17:41:29


जुम्ला, १२ माघ :

बिसिजीको खोप आइसकेपछि जुम्लामा पनि यस महिनादेखि खोप क्लिनिक नियमित रुपमा सञ्चालन हुने भएका छन् । बालबालिकालाई जन्मेको एक महिनाभित्रै क्षयरोग बिरुद्ध लगाउनु पर्ने बिसिजी खोप गएको कात्तिकबाट अभाव भएको थियो ।

यसै हप्ता जिल्ला स्वास्थ्य कार्यालयमा खोपको भाइल पर्याप्त मात्रा आइसकेकोले केहि दिनमैं सबै स्वास्थ्य संस्थामा पठाइने निमित्त प्रमुख चक्रबहादुर खड्काले बताउनुभयो । अरु खोपको भाइल जिल्लामैं मौज्दात रहेको तर बिसिजी खोपको भाइल नभएका कारण स्वास्थ्य संस्थाले खोप क्लिनिक समेत सञ्चालन गर्न सकेका थिएनन् ।
जुम्लाका २६ गाविस तथा चन्दननाथ नगरपालिमा सञ्चालित स्वास्थ्य संस्थाले हरेक महिना १५ गते र २१ गते गरि दुई चरणमा खोप क्लिनिक सञ्चालन गर्छन् । स्वास्थ्य सेवा बिभाग बाल स्वास्थ्य महाशाखाले खोपको भाइल पठाइसकेकोले अब अभाव हुन नपाउने निमित्त प्रमुख चक्रबहादुर खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु