Tuesday, 26 September 2017 11:17 am, Nepal

द्वन्द्धमा परेका जुम्लाका बालबालिकाको आजदेखि तथ्याङ्क संकलन गरिदै

मेचीकाली : 2015-01-24 08:33:33


जुम्ला, १० माघ :

जुम्लामा  द्धन्द्धमा ज्यान गुमाएका र द्धन्द्ध प्रभावित बालबालिकाको आजदेखि तथ्यांक संकलन गर्न शुरु हुने भएको छ । वि. सं २०५२ कार्तिक १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म चलेको १० वर्षिय द्वन्द्धमा परेका बालबालिकाको तथ्यांक संकलन गरिने भएको हो ।

यसअघि आधिकारिक तथ्यांक नभएको हुनाले तथ्यांक संकलन गर्न लागिएको जिल्ला बालकल्याण समितिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । तथ्यांक संकलनको लागि जिल्लाको १ नगरपालिका र २६ वटा गाविसको लागि ३० जना गणकहरुलाई परिचालन गरिने उहाँले बताउनु भयो । द्धन्द्ध पिडित, प्रभावित तथा घाईते भएका बालबालिकाको सत्यतथ्य तथ्यांक उपलब्ध गराउन सहयोग गरिदिनको लागि अध्यक्ष धितालले आग्रह गर्नुभयो । शान्ति तथा पून निर्माण मन्त्रालयको सहयोग र बाल कल्याण समिति जुम्लाको समन्वयमा तथ्यांक संकलन गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु