Tuesday, 26 September 2017 04:56 pm, Nepal

घुस लिदालिदै नापी कार्यालयका एक अमिन पक्राउ

मेचीकाली : 2015-01-23 17:39:38


झापा, ९ माघ :

सेवाग्राहीबाट तीन लाख रुपैया घुस लिदालिदै आज झापाको काकरभिट्टामा नापी कार्यालयका एक अमिन पक्राउ परेका छन् । तीन नम्बर नापी टोली काकरभिट्टाका अमिन रविन्द्र पासवानलाई आज दिउसो सेवाग्राहीबाट घुस लिदालिदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व क्षेत्रीय कार्यालय इटहरीका प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिनुभयो ।

डीएसपी गोविन्द अधिकारीको नेतृत्वमा गएको टोलीले अमिन पासवानलाई सेवाग्राही मेचीनगर १० काकरभिट्टाका गंगा कोइरालासंग घुस लिदालिदै पक्राउ गरेको जनाइएको छ । कोइरालाले आफ्नो जग्गाको नापी गर्दा ६ धुर नहरबढी देखिएपछि श्रेस्ता कायम गराउन गत असोजमा निवेदन दिनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु