Tuesday, 26 September 2017 12:34 am, Nepal

डडेल्धुरामा पेट्रोलियम पदार्थमा कालो बजारी

मेचीकाली : 2015-01-22 08:36:05


डडेल्धुरा, ८ माघ :

डडेल्धुरामा पेट्रोलियम पदार्थको कालोबजारी भईरहेको पाइएको छ । आयल स्टोरमा पेट्रोलियम पदार्थ हुँदा हुँदै पनि अभाव देखाई बजारका पसल पसलबाट तेलमा कालोबजारी भईरहेको हो । आयल स्टोरमा मात्रै पाईने पेट्रोलियम पदार्थ बजारका मेडिकलबाट चर्को मुल्यमा बिक्रि भईरहेको छ ।

त्यसैगरी तरकारी पसल लगायतका बिभिन्न पसलहरुबाट डडेल्धुरा सदरमुकाममा पेट्रोलियम पदार्थ चर्को मुल्यमा बिक्रि भईरहेको छ । आयल स्टोरहरुमा अभाव देखाईएको पेट्रोलियम पदार्थ सदरमुकामका औषधी पाईने मेडिकल र तरकारी पसलबाट समेत चर्को मुल्यमा पेट्रोल बिक्रि भईरहेको हो । आयल स्टोरहरुले आफुसँग पेट्रोल अभाव रहेको जनाएपनि बजारमा ठाउँठाउँमा पेट्रोल पाईने गरेको छ । क्रेताहरुले ती पसलहरुबाट पेट्रोल प्रति लिटर एक सय ७० रुपैयाँ तिरेर खरिद गरिरहेका छन् । तर आयल निगमले तोकेको हालको मुल्य भने १ सय ११ रुपैँया ५० पैसा रहेको छ । आयल निगमले पछिल्लो पटक तोकेको मुल्य अनुसार डिजेल र मट्टितेललको ८८ रुपैँया रहको । यसरी कालो बजारी भैरहँदा पनि सम्बन्धित निकायले यसमा कुनै चासो देखाएको छैन । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु