Tuesday, 26 September 2017 11:09 am, Nepal

कर्णाली स्वायत्त प्रदेशको माग चर्किँदै

मेचीकाली : 2015-01-21 08:46:59


जुम्ला, ७ माघ :

कर्णाली स्वायत्त प्रदेश स्थापनाका विषयमा आज जुम्लामा अन्तरक्रिया हुने भएको छ । कर्णाली स्वायत्त प्रदेश संघर्ष समितिको आयोजनामा मध्यान्ह १२ बजेपछि जिल्ला परिषद हलमा अन्तरक्रिया गर्न लागिएको हो ।

नेपालको सर्वाधिक उपेक्षित, उत्पिडित तर प्रचुर सम्भावनायुक्त कर्णालीलाई नयाँ संविधान जारी गर्ने क्रममा उपेक्षा गर्दै कर्णालीको अस्तित्वलाई नैं संकटमा पार्ने षड्यन्त्र भैरहेकोले कर्णालीबासीका तर्फबाट चाल्नु पर्ने कदमका बारेमा छलफल गर्न लागिएको संघर्ष समितिका संयोजक नरेश भण्डारीले जानकारी दिनुभयो ।

पूर्व सभाषद समेत रहनु भएका भण्डारीको नेतृत्वमा पहिलो संविधानसभा निर्वाचनपछि नैं संघर्ष समिति गठन गरि कर्णाली स्वायत्त प्रदेश निर्माणका लागि विभिन्न काम समेत भएका छन् । आजको अन्तरक्रिया कार्यक्रममा संघर्ष समितिका तर्फबाट बिगतमा भएका कामका बारेमा जानकारी गराउने र आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा छलफल हुने संयोजक नरेश भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु