Tuesday, 26 September 2017 04:56 pm, Nepal

कर्जा असुल गर्न ब्याज मिनाहाको अभियान

मेचीकाली : 2015-01-13 08:48:18


सोलुखुम्बु, २९ पुस :

राष्ट्रिय बाणिज्य बैंक सोलुखुम्बु शाखाले कर्जा असुल गर्न ब्याजनै मिनाहा गर्ने भएको छ । २०६३ साल चैत मसान्त सम्म लगानी भई भुक्तानी म्याद नाघेका कर्जाहरुमा ब्याज मिनाहा गर्न लागेको हो । झण्डै १ करोड कर्जा असुल गर्न ब्याज मिनाहा गरीदिने राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखा प्रबन्धक नेत्रप्रसाद भुसालेले जानकारी दिनुभयो ।

 ९६ लाख ८० हजार ९ सय ८० रुपैंया बराबरको ब्याज छुट दिई आगामी १ महिनासम्म कर्जा चुक्ता गरिदिन आग्रह गर्दै बैंकले कर्जा प्रवाह गरिएकालाई मौका दिइएको जनाएको छ । ५० हजार रुपैया सम्मको साँवा कर्जा र सुविधाको हकमा असुल गर्न बाँकी साँवा पुरै असुल भए बाँकी सबै ब्याज मिनाहा हुने र १ लाख रुपैया सम्मको साँवा कर्जा सुविधाको हकमा असुल गर्न बाँकी साँवा पुरै र ब्याज बापतको साँवाको कम्तीमा १० प्रतिशतले हुन आउने रकम असुल भएमा बाँकी सबै ब्याज मिनाहा गर्ने भुसाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु